लु लाग्नबाट रोकथाम गर्नको लागि जानकारी
नरम लक्षणहरू: टाउको
दुख्नु, रिँगटा लाग्नु, वान्ता हुनु, अनुहार पहेँलो हुनु,
मुटु छिटो छिटो चल्नु, चिसो पसिना आउनु
कडा लक्षणहरू : शरीर
काम्नु, कोमा, र मृत्यु समेत
जोखिममा रहेका मानिसहरू
प्रौढ मानिसहरू, दीर्घ रोग भएका बिरामीहरू, घर बाहिर काम गर्ने कामदारहरू
रोकथामका उपायहरू
पहिरन :
खुकुलो
हलुका रङको सुतिको लुगा लगाउनुहोस् ।
पेय पदार्थहरू:
यदि तपाईँको शरीरले अनुमति दिन्छ भने प्रशस्त मात्रामा
पानी पिउनुहोस् । तपाईँलाई धेरै पसिना नआए पनि प्रत्येक
दिन कम्तीमा पनि आठ गिलास (प्रत्येक गिलासमा २५० मीली
लिटर) पानी पिउनुहोस् । घर भित्र बस्दा प्रत्येक एक
घण्टामा र घर बाहिर बस्दा प्रत्येक आधा घण्टामा पानी
पिउनुहोस् । मदिरा र अन्य उत्तेजक पेय पदार्थबाट टाढै रहन
नबिर्सनुहोस् ।
आवास:
घर भित्र
प्रशस्त ताजा हावा आउ जाउ गर्ने व्यवस्थालाई कायम
राख्नुहोस् ।
यातायात:
तपाईँ घर बाहिर जानु भन्दा पहिला मौसम सम्बन्धी
पूर्वानुमानबारे जानकार हुनुहोस् । अत्यन्त गर्मी हुने
चेतावनी दिइएको अवस्थामा सूर्यको किरणमा जान र थकाइ लाग्ने
खालको व्यायाम गर्नबाट टाढा रहनुहोस् । आफ्नो छाता पेय
पदार्थ बोक्नुहोस् र घर बाहिर जाँदा फराकिलो किनारा भएको
टोपी ओढ्नुहोस् । आफ्नो छालाको रक्षा गर्नको लागि प्रत्येक
दुई घण्टामा सन स्क्रिन लोसन लगाउनुहोस् ।
लु लागेकोमा हेरचाह
१. | बिरामीलाई तत्काल ओतमा लैजानुहोस् । चिसो बनाउनको लागि पङ्खा वा एयर कण्डीशनर चलाउनुहोस् |
२. | शरीर पुछ्नको लागि भिजाएको तौलिया प्रयोग गर्नुहोस् । |
३. | यदि प्रौढ व्यक्ति होसमा छ भने गुमेको तरल पदार्थलाई प्रतिस्थापन गर्नको लागि तिनीहरूलाई प्रशस्त चिसो पेय पदार्थ दिनुहोस् |
४. | दि बिरामी अचेत भएको वा निन्याउरो भएको छ भने जति सक्दो चाँडो बिरामीलाई अस्पतालमा लैजानुहोस् । |