लड्नबाट रोकथाम
लडेपछि हुने परिणामहरु
2017 मा वृद्ध स्वास्थ्य केन्द्रको तथ्याङ्क अनुसार, 65 वर्ष वा सो भन्दा बढी उमेरका समुदायमा बसोबास गर्ने 45,000 वृद्धहरु मध्य, 10.5% ले 6 महिना भित्रमा कम्तिमा एक पटक लडेको अनुभव गरेका थिए । ती लडेकाहरु मध्य, 10.2% लाई फ्र्याक्चर भएको थियो । लड्नु भनेको सबैभन्दा वृद्धहरुलाई असक्षम अवस्थामा पुर्याउने मध्ये एक हो, जसले वृद्धहरुको कार्यशैली, स्वतन्त्रता, र जीवनको गुणस्तरमा ठूलो असर पार्दछ । यसबाहेक, लड्नाले वृद्धहरुको आत्मविश्वासमा गम्भीर असर पारेको थियो— कोही त हल्का लड्नाले पनि फेरि लडिने हो कि भन्ने डरले गर्दा घरबाट निस्कन खोज्दैनन् । त्यसैले उनीहरुको सामाजिक जीवन प्रभावित भएको थियो, र उनीहरुलाई नैराश्य वा डिप्रेशनको जोखिममा पारेको थियो । यदि लडेपछि वृद्धहरु उठ्न वा मेडिकल सहायता लिन असफल भए भने लड्नु भनेको घातक समेत हुन्छ ।
लड्नको लागि जोखिम कारकहरु
कुनै कारण बिना कोही पनि लड्दैनन्–लड्नु भनेको प्रायः थुप्रै जोखिम कारकहरुको अन्तर्कि्रयाका कारण हुन्छः
- कमजोर दृष्टि
- कमजोर सन्तुलन जस्तै, पार्किङङ्गसन्स डिजिज (Parkinson's disease) (स्नायु प्रणालीमा हुने एक प्रकारको रोग), स्ट्रोक वा डेमेंशिया (dementia)
- जोर्नी वा हिँड्दा समस्या जस्तै घुँडा, स्ट्रोकको सन्धिबाथ (osteoarthritis)
- रिङटा लाग्ने जस्तै. कार्डियक अर्रिथ्मिया (cardiac arrhythmia) (अनियमित रुपमा मुटु धड्किने रोग), पोस्चरल हाइपोटेन्सन (postural hypotension) (बसेर उठ्दा रक्तचाप कम हुने अवस्था)
- औषधिहरुको प्रतिकूल असरहरु जस्तै, एन्टि—हाइपरटेन्सिभ (anti-hypertensive) वा हिप्नोटिक (hypnotics) को प्रयोगले गर्दा रिङटा लाग्ने वा कमजोर सन्तुलन हुने
- मूत्र असंयमितताको कारण तनाव
- अनुचित लुगा लगाएको जस्तै धेरै लामो वा धेरै खुकुलो
- घरमा वातावरणीय जोखिमहरु जस्तै. चिप्लो भुईं, पर्याप्त मात्रामा उज्यालो नभएको, भुईंमा अवरोधहरु भएको, र घरमा अनुपयुक्त फर्निचरहरु भएको
धेरै पक्षहरुमा रोकथाम
लड्नबाट बच्न सकिन्छ तर विभिन्न जोखिम कारकहरुलाई सम्बोधन गर्न बहु–पक्षीय दृष्टिकोण आवश्यक छ । वृद्धहरुलाई उनीहरुको मांशपेशीहरु बलियो बनाउन र उनीहरुको लचिलोपना, सन्तुलन तथा समन्वयलाई सुधार गर्न बाराम्बार व्यायाम गर्न सल्लाह दिइन्छ (जस्तै ताई ची (Tai Chi)) । उनीहरुले लड्ने जोखिमहरुलाई कम गर्नको लागि निम्न उपायहरुमा पनि ध्यान दिनुपर्छ ।
लड्नबाट रोकथामका उपायहरु
1. घरमा रहेका वातावरणीय खतराहरुदेखि साबधान रहनुहोस्
हिँड्ने बाटो सफा राख्नुहोस् |
|
उपयुक्त फर्निचर |
|
पर्याप्त मात्रामा उज्यालो |
|
भान्छा र शौचालयको सुरक्षा |
|
2. उपयुक्त हुने खालको लुगाहरु र जुत्ताहरुको छनोट गर्नुहोस्
लुगाफाटा |
|
जुत्ता |
|
3. स्वयंको–हेरचाह र घरायसी कामहरु सुरक्षित रुपमा गर्नुहोस्
शरीरको हलचल |
|
उर्जाको संरक्षण – धेरै बस्नुहोस्, कम उभिनुहोस् |
|
आवश्यक वस्तुहरु सहजै पहुँच गर्न सकिने ठाउँमा राख्नुहोस् |
|
माथि जाने वा तल झर्ने काम नगर्नुहोस् |
|
जोखिमपूर्ण चालहरुबाट बच्नुहोस् |
|
सहायक उपकरणहरुको प्रयोग गर्नुहोस् |
|
4. बाहिर जाँदा होसियार रहनुहोस्
बाहिर जाँदा होसियार रहनुहोस् |
|
5. सामाजिक स्रोत साधनहरु बुद्धिमानीका साथ प्रयोग गर्नुहोस्
घरेलु काम |
|
परिवार हेरचाह |
|
एक्लै बस्ने वृद्धहरु |
|
लड्नबाट बच्नको लागि व्यवस्थापन
पहिले लडेको भए पनि वा नलडेको भएपनि वृद्धहरुले उनीहरुको लड्न सक्ने जोखिमको मूल्याङ्कन गर्नुपर्छ । लडिसकेपछि, वृद्धहरुले निम्न कुराहरु गर्नुपर्छः
शान्त रहनुहोस् ।
कत्तिको धेरै चोटपटक लागेको छ भनी मूल्याङ्कन गर्नुहोस् । यदि गम्भीर चोटपटक लागेको छैन भने शरीरलाई विस्तारै सार्नुहोस् ।
भित्ता वा स्थिर फर्निचर सम्म विस्तारै सर्नुहोस्, त्यसपछि फर्निचरको सहायताले विस्तारै उठ्ने प्रयास गर्नुहोस् ।
यदि तपाईं उठ्न सक्नु भएन भने, तपाईंले फोनबाट कल गरेर, सहायताको लागि व्यक्तिगत आपतकालीन लिङ्क सेवा मार्फत सहयोग माग्नु पर्दछ वा मुख्य ढोका खोलेर ठूलो स्वरमा मद्दतको माग्न सक्नु हुन्छ ।
यदि कतै घस्रिएको छ भने, घाउलाई पहिले सफा गर्नुहोस् ।
यदि कुनै स्पष्ट घाउ नदेखिए पनि, यदि तपाईंलाई शरीर चलाउन वा गम्भीर दुखाई भएमा तपाईंलाई फ्र्याक्चर भएको हुन सक्ने हुँदा तपाईंले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।
लड्नबाट रोकथामको थप जानकारीका लागि, कृपया यसमा जानुहोस्ः https://www.elderly.gov.hk/english/healthy_ageing/healthy_living/falls.html